०९ साउन २०८३, शनिबार

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन, गाउँमै ६ जनालाई रोजगारी

भदौ २२, २०८२
बाग्लुङ
एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन, गाउँमै ६ जनालाई रोजगारी

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका हुन् ।

उनीहरू दुवै स्नाकोत्तर उत्तीर्ण हुन् । उनीहरूलाई समकालीन साथी विदेशिँदा ‘तिमीहरू पनि विदेश जाऊ’ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् ।  

परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे । तर तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । 

स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन् । बागलुङ बजारको हल्लनचोक नजिकै रहेको टीएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै बताएका छन् ।

२०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । ५० लाख रूपैयाँ लगानी गरेर शुरू गरेको उद्योगमा एक करोडभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताइन् ।

‘अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौं र साबुन उद्योग शुरू गरेका हौं, नयाँ कामको शुरूआत आफैंबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौं । यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँठाउँकै स्थानीयले नै रोजगार पाउँछन्’, ताराले भनिन् ।

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौंबाट खरिद गर्ने तीर्थले बताए । आफूहरूले वार्षिक ५० लाख बराबरको कारोबार गर्ने उनको भनाइ छ । 

दुई सय ग्रामको कपडा धुने कालिका साबुनलाई ५० रूपैयाँमा बिक्री गर्दै आएको उनी बताउँछन् । उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको तीर्थको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्