अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कको बिहीबार एक कार्यक्रमको क्रममा गोली हानी हत्या गरिएको छ । यो घटना उटाह राज्यको युटाह भ्याली युनिभर्सिटीमा भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
चार्ली ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रमको त्यहाँ पुगेका थिए । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा चार्ली पालमुनि माइक समातेर बोलिरहेको देखिन्छ। त्यसपछि अचानक उनको घाँटी नजिकै गोली लागेको छ, उनी धेरै रगत बगाएर भुइँमा ढलेका थिए ।
राजनीतिक कार्यकर्ता चार्ली टर्निङ प्वाइन्ट युएस नामक संस्था चलाउने गर्थे, जसमा उनी स्कूल र कलेजहरूमा गएर विद्यार्थीहरूलाई राजनीतिबारे बताउँथे ।
उनलाई ट्रम्पको कट्टर समर्थक पनि मानिन्थ्यो । आक्रमणकारी को थियो र उनले किन यस्तो गरे भन्ने कुरा अझै स्पष्ट भएको छैन ।