२९ असार २०८३, सोमबार

बढेर आएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्यो

भदौ ३०, २०८२
काठमाडौं
बढेर आएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्यो

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसाले वृद्धि भए पनि नेपाल आयल निगमले खुद्रा मूल्य नबढाउने निर्णय गरेको छ । 

आसन्न चाडपर्व र मुलुकको विशेष परिस्थिति ध्यानमा राख्दै मूल्यवृद्धिको चाप उपभोक्तामाथि नपरोस् भन्ने उद्देश्यले पेट्रोलियम पदार्थ तथा ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।

यस अनुसार पेट्रोलको खुद्रा मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गमा १६१ रुपैयाँ कायम गरिएको छ। डिजेल/मट्टितेल क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ प्रतिलिटरमै यथावत रहने निगमले स्पष्ट पारेको छ।

salt training

कमेन्ट गर्नुहोस्