२२ असार २०८३, सोमबार

पूर्व राष्ट्रिय क्रिकेटर पृथुसहित आठ जना पक्राउ

मंसिर २८, २०७४
पूर्व राष्ट्रिय क्रिकेटर पृथुसहित आठ जना पक्राउ

काठमाडौं, २८ मंसिर– चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्र गरेको भन्दै पूर्व राष्ट्रिय क्रिकेटर पृथु वास्कोटासहित आठ जना पक्राउ परेका छन् । 
उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, आकाश न्यौपाने, रितेश माडवाडी लगायत छन् । 

डेभाजु क्लबले मार्समेलोलाई क्लबमा ल्याउने भन्दै टिकट बेचेको भएपनि मार्समेलो क्लबमा उपस्थित नभएपछि तोडफोड भएको थियो । 

डिजे मार्ममेलोलाई ल्याउने भन्दै उनीहरुले ७ हजार जनालाई टिकट विक्रि गरेका थिए । २५ सय र ३५ सयका दरले टिकट विक्री गरिएको पाइएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवश लोहनीले जानकारी दिए । 
मार्समेलो अन्तर्राष्ट्रिय डीजे हुन् ।

आफ्नो अनुहार लुकाउने भएका कारण उनी को हुन् भन्ने वास्तविकता थाहा पाउन सकिएको छैन । तर केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले भने उनी अमेरिकी डिजे क्रिस्टियन कम्स्टक भएको दाबी गरेका छन् । केहीले भने मार्समेलो नेदरल्याण्डका डिजे मार्टिन गारिक्स वा सम भोगेल हुनुक्ने अनुमान गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्