३२ असार २०८३, बिहीबार

अब मतपत्रमा देखिनेछ उम्मेदवारको रंगीन तस्वीर, निर्वाचन आयोगद्वारा नियम संशोधन

असोज १, २०८२
काठमाडौं
अब मतपत्रमा देखिनेछ उम्मेदवारको रंगीन तस्वीर, निर्वाचन आयोगद्वारा नियम संशोधन

मतादाताहरूले अब मतपत्रमा उम्मेदवारको रंगीन तस्वीर देख्न पाउने भएका छन् । 

निर्वाचन आयोगले मतपत्रलाई अझै स्पष्ट, पठनीय र मतदातामैत्री बनाउन हालसम्म प्रयोग हुँदै आएका मार्गदर्शन संशोधन गरेको हो । यो भौतिक मतपत्रमा नभएर विद्युतीय भोटिङ मेसिनमा हुने मतपत्रमा गरिएको परिवर्तन हो ।

आयोगले सन् १९६१ को निर्वाचन सञ्चालन नियमावलीको नियम ४९ (बी) अन्तर्गतका निर्देशनमा संशोधन गरेको हो । यो खबर छिमेकी देश भारतको हो ।

भारतको निर्वाचन आयोगले संशोधन गरेको यो कार्यविधि बिहारमा अब हुन लागेको विधानसभा निर्वाचनबाटै लागू गर्ने तयारी गरेको छ । 

निर्वाचन प्रक्रियालाई सुधार गर्न आयोग लगातार नयाँ पहल गर्दै आएको छ । पछिल्ला ६ महिनामै आयोगले २८ वटा नयाँ कदम चालेको छ । 

यस क्रममा एसआईआरसम्बन्धी मुद्दामा विवाद पनि भएको थियो । अब आयोगले ईभीएम (इलेक्ट्रोनिक भोटिङ मेसिन) मतपत्रसम्बन्धी ठूलो निर्णय गरेको हो । अबदेखि उम्मेदवारहरूको रंगीन तस्वीर मतपत्रमा छापिनेछ । तस्वीर स्पष्ट देखिनका लागि यसको तीन चौथाइ भागमा अनुहार देखिने व्यवस्था गरिएको छ ।

यसले मतदाताले उम्मेदवार सजिलै चिन्न सक्ने आयोगले जनाएको छ ।

उम्मेदवार र क्रम संख्या भारतीय अंकहरूको अन्तर्राष्ट्रिय स्वरूपमा छापिनेछ । फन्टको आकार ३० रहनेछ र बोल्डमा लेखिनेछ । 

साथै, सबै उम्मेदवार र माथिका कुनै पनि होइन भन्ने विकल्पको नाम एउटै फन्ट प्रकार र एउटै आकारमा रहनेछ, जसले सजिलै पढ्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्