०४ साउन २०८३, सोमबार

जनकपुरधाममा सस्तो बजार शुरू

असोज ६, २०८२
जनकपुरधाम
जनकपुरधाममा सस्तो बजार शुरू

विजयादशमीको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि जनकपुरधाम उपमहानगरपालिका–४ मा ‘दशैँ सस्तो बजार’ शुरू भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा सोमबारदेखि सस्तो बजार शुरू भएको हो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा सोमबार राम मन्दिरका महन्थ राम गिरीले सस्तो बजार उद्घाटन गरे ।

अध्यक्ष भण्डारीले विगत वर्षहरूमा ७० देखि ८० वटा स्टल राख्ने गरिएकामा यसवर्ष सो संख्या बढाएर ११५ स्टल राखिएको जानकारी दिए । 

सस्तो बजारमा दैनिक उपभोग्य र चाडपर्वका सामान सुपथ मूल्यमा उपलब्ध हुने उनले बताए । 

जनकपुरमा विगत ४२ वर्षदेखि दशैँका बेला सस्तो बजार सञ्चालन हुँदै आएको छ ।    

कमेन्ट गर्नुहोस्