०३ साउन २०८३, आइतबार

कर छुट र सहुलियत सुविधासहित सरकारले ल्यायो ‘एकीकृत व्यवसायी पुनरुत्थान योजना’

असोज ९, २०८२
काठमाडौं
कर छुट र सहुलियत सुविधासहित सरकारले ल्यायो ‘एकीकृत व्यवसायी पुनरुत्थान योजना’
फाइल फोटो

सरकारले जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार तथा व्यापारिक प्रतिष्ठानलाई कर छुट तथा सहुलियत सुविधा प्रदान गर्न ‘एकीकृत व्यवसायी पुनरुत्थान योजना’ ल्याएको छ ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार तथा व्यापारिक प्रतिष्ठानलाई उक्त योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिइन् ।

‘सरकारले उद्योग, व्यापार तथा व्यापारिक प्रतिष्ठानमा आगजनी तथा तोडफोडबाट प्रभावित उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न आन्दोलनबाट प्रभावितलाई राहत, कर छुट तथा सहुलियत सुविधा प्रदान गरी आर्थिक क्रियाकलाप सहज रूपमा सञ्चालन गर्न ‘एकीकृत व्यवसायी पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याएको छ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्