
मोरङमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका- ८ मधुमारास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका- १२ बस्ने ३७ वर्षीय अनिलबाबु कुँवरसहित ८ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार १ सय ६५ रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।