२८ असार २०८३, आइतबार

गोल्डेनको हत्यामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

असोज १६, २०८२
काठमाडौं
गोल्डेनको हत्यामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका-१० गीता मन्दिर नजिकै यही असोज १४ गते हत्या गरिएका गोल्डेन भन्ने शिवम साह कानुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्ने १९ वर्षीय गौतम पटेल, सोही ठाउँका २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्द चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।

असोज १४ गते २० वर्षीय गोल्डेनमाथि राति साढे ११ बजेतिर कुटपिट भएको प्रहरीले जनाएको छ । उनको सोही राति करिब ११ बजेर ५० मिनेटतिर उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो । 

बाराको परवानीपुर गाउँपालिका-९ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-१० बस्ने गोल्डेन गहवामाईको मेला हेर्न जान्छु भनि घरबाट निस्किएका थिए ।

मेलामा गइ केटाहरूसँग वाद-विवाद तथा हातपात गरेको र विगतका दिनमा उक्त समूहबीच एक आपसमा झै-झगडा वाद-विवाद हुने गरेको सोही रिसईबी लिएर उनको हत्या भएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी हरिबहादुर बस्नेतले  जानकारी दिए । 

गोल्डेन एक्लो भएको मौका छोपी विपक्षी समूहका केटाहरूले हात मुक्का, बाँसका भाठ्ठा समेतले प्रहार गरी उनको हत्या गरेको खुलेको डीएसपी बस्नेतले बताए । 

salt training

कमेन्ट गर्नुहोस्