०५ साउन २०८३, मंगलबार
गृहको तत्परता

वायुसेवा सञ्चालकलाई गृहको पत्राचार- हेलिकोप्टर तयारी अवस्थामा राख्नू

असोज १८, २०८२
काठमाडौं
वायुसेवा सञ्चालकलाई गृहको पत्राचार- हेलिकोप्टर तयारी अवस्थामा राख्नू

गृह मन्त्रालयले भारी वर्षापछिको खोज, राहत र उद्धारका लागि भन्दै सबै निजी वायुसेवाका हेलिकोप्टरलाई तयारी अवस्थामा राख्न अनुरोध  गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यही असोज १८ देखि २० गतेसम्म वर्षाले पुर्‍याउन सक्ने प्रभावलाई लक्षित गर्दै मन्त्रालयले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापनाका लागि सहयोग गर्न आग्रह गर्दै वायुसेवा सञ्चालकलाई पत्राचार गरेको हो ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौता बमोजिम आवश्यकता अनुसार मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकोप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्था राखिदिन अनुरोध गरिएको छ ।

गृहका उपसचिव निशान राज गौतमले पठाएको पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत भनिएको छ । 

मन्त्रालयले  कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म चट्याङ्गसहित वर्षा भइरहेको जानकारी गराउँदै भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने जोखिमप्रति सचेत हुन आग्रह गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्