२३ असार २०८३, मंगलबार

भारतको हिमाचल प्रदेशमा यात्रुबाहक बस पहिरोमा पर्‍यो, १५ जनाको मृत्यु

असोज २२, २०८२
काठमाडौं
भारतको हिमाचल प्रदेशमा यात्रुबाहक बस पहिरोमा पर्‍यो, १५ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशको बिलासपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। 

बिलासपुर जिल्लामा एक निजी बस दुर्घटना भएको हो । १८ जनालाई उद्धार गरिएको छ, जसमध्ये तीन जनालाई अस्पताल लगिएको बीबीसी हिन्दीले जनाएको छ । 

मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले दुखद घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै मृत्यु भएका र घाइते भएकाहरूका लागि प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट क्षतिपूर्तिको घोषणा पनि गरेका छन् ।

प्रत्येक मृतकका परिवारलाई २ लाख क्षतिपूर्ति र घाइतेहरूलाई ५० हजारको पीएमएनआरएफबाट प्रदान गरिनेछ।

salt training

कमेन्ट गर्नुहोस्