१० साउन २०८३, आइतबार

आईसीसी टी-२० विश्वकप छनोट : यूएईको विजयी शुरूआत, कतारलाई ७ विकेटले हरायो

असोज २२, २०८२
काठमाडौं
आईसीसी टी-२० विश्वकप छनोट : यूएईको विजयी शुरूआत, कतारलाई ७ विकेटले हरायो

ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (यूएई)ले विजयी शुरूआत गरेको छ । समूह ‘ए’ अन्तर्गत बुधबार खेलिएको खेलमा यूएईले कतारलाई सात विकेटले हराएको हो ।

जारी छनोट प्रतियोगिताको यो उद्घाटन खेल पनि हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कतारले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १८.३ ओभरमै केवल तीन विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको हो । यूएईको जितमा एलिसन सराफुले अर्धशतकीय योगदान गरे । उनले ४२ बलमा अविजित ५१ रन बनाए ।

जारी छनोट प्रतियोगिताको दोस्रो खेल बुधबार राति नै नेपाल र कुवेतबीच खेलिँदैछ । कुवेतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपाल र कुवेतबीचको खेल केहीबेरमा शुरू हुनेछ ।

नेपाल जारी प्रतियोगिताको समूह ‘बी’ मा छ । सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि यो एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता हो । नौवटा टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीन टोली आगामी विश्वकपमा छनोट हुनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्