१० साउन २०८३, आइतबार

ट्रेल रनिङ प्रतियोगिता केभीआर समिट च्यालेन्जको तयारी पूरा

असोज २३, २०८२
काठमाडौं
ट्रेल रनिङ प्रतियोगिता केभीआर समिट च्यालेन्जको तयारी पूरा

ट्रेलमान्डु नेपालको आयोजनामा केभीआर समिट च्यालेन्ज शनिबार शुरू हुने भएको छ। यो ट्रेल रनिङ प्रतियोगिता हो।

काठमाडौं उपत्यकालाई घेर्ने पाँच प्रमुख पहाड फूलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरि र जामाचोमध्ये एउटाको शिखरमा पुग्ने कठिन २० देखि ३० किलोमिटर दूरीको परिक्रमा केभीआर रनमा समावेश हुन्छ।

ट्रेलमान्डुले दुई सत्र सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यो वर्षको प्रतिस्पर्धामा परिवारमैत्री वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। यसपटक सहभागीहरूले फरक–फरक दूरीमा प्रकृतिको मज्जा लिँदै दौडन वा पैदल यात्रा गर्न सक्नेछन्।

ट्रेल रनिङमा नयाँ सहभागीका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि सातदेखि १० किलोमिटरको फन रन/हाइक पनि राखिएको छ। यो छोटो दूरीको ट्र्याकले परिवार र साथीहरूका लागि उपयुक्त वातावरण बनाउने उद्देश्य आयोजकले राखेको छ।

यो वर्षको पहिलो रेसका लागि अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० जनाभन्दा बढी धावकले हालसम्म नाम दर्ता गराइसकेका छन्। रेस निर्देशक आशिष मिश्रका अनुसार रेसको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

'हामीले यो प्रतियोगितालाई सकेसम्म रमाइलो, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउने प्रयास गरेका छौं। यसको उद्देश्य ट्रेल रनिङ समुदायलाई सक्रिय राख्नुका साथै नेपालमा स्वस्थ जीवनशैली र खेल पर्यटनलाई प्रवर्द्धन गर्नु हो,' उनले भनेका छन्।

यो वर्ष केभीआर समिट च्यालेन्जमा पाँच चरण हुनेछन्। रेस १ सन् २०२५ अक्टोबर ११ तारिखमा, रेस २ नोभेम्बर ८ तारिखमा, रेस ३ डिसेम्बर ८ तारिखमा, रेस ४ सन् २०२६ को जनवरी १० तारिखमा र रेस ५ फेब्रुअरी १ तारिखमा आयोजना हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्