१० साउन २०८३, आइतबार

विश्वकप क्रिकेट खेल्ने नेपाली खेलाडीको सम्मानमा हुलाक टिकट प्रकाशन

असोज २३, २०८२
काठमाडौं
विश्वकप क्रिकेट खेल्ने नेपाली खेलाडीको सम्मानमा हुलाक टिकट प्रकाशन

हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । 

नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमबीच टाँचा लगाए ।

विश्व हुलाक दिवस-२०२५ को अवसरमा आईसीसी पुरुष टी-२० विश्वकप र आईसीसी महिला यू-१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरिएको हो ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ । विभागले २०८१ चैत १७ गतेको निर्णय अनुसार १० रूपैयाँ दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।

null

नेपालले सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा आयोजना भएको आईसीसी टी–२० विश्वकप खेलेको थियो । त्यसअघि सन् २०१४ मा नेपाली टोलीले पहिलो पटक टी-२० विश्वकपमा सहभागिता जनाएको थियो । उमेर समूहको नेपाली राष्ट्रिय महिला टोलीले यू-१९ विश्वकप क्रिकेटमा सहभागिता जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्