
बंगलादेशको राजधानी ढाकाको मिरपुर क्षेत्रमा रहेको एउटा कपडा कारखानामा भएको ठूलो आगलागीमा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले मृतकको संख्या बढ्ने अनुमान गरेका छन् ।
अग्नि नियन्त्रण विभागले अहिलेसम्म निकालिएका १६ जनाको शव धेरै जलेका कारण पहिचान गर्नन सकिएको बताएको छ।
चार तले भवनमा लागेको आगो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो ।