०९ साउन २०८३, शनिबार

नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पिनसिप कार्तिकमा

असोज ३०, २०८२
काठमाडौं
नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पिनसिप कार्तिकमा

नेपालगञ्ज स्विमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबका अनुसार, ‘नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पिनसिप’ दोस्रो संस्करण आगामी कार्तिक १४ र १५ गते आयोजना हुनेछ ।

नेपालगञ्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीमा आयोजना हुने उक्त प्रतियोगितामा देशभरिबाट दुई सयजना भन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी आयोजक क्लबका अध्यक्ष केशवराज न्यौपानेले दिए ।

उनका अनुसार, विद्यालय लक्षित प्रतियोगितामा ८ वर्ष, १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहमा पनि प्रतिस्पर्धा हुनेछ । 

कुनै संघसंस्था वा क्लबले संस्थागत रूपमा पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगितामा ५६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । बाँकेबाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधिभर नि:शुल्क खाजा, खाना र आवासको व्यवस्था मिलाएको जानकारी क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले दिए ।

नेपाल पौडी संघले वार्षिक क्यालेन्डर अनुसार आयोजना गरिएकाले यो प्रतियोगिताका क्रममा बन्ने रेकर्डले पनि औपचारिक रूपमा मान्यता पाउने क्लबले जनाएको छ । 

प्रतियोगिताको उत्कृष्ट पुरुष र उत्कृष्ट महिला खेलाडीलाई पनि पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्