०९ साउन २०८३, शनिबार

जेनजी प्रदर्शनका शहीद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता

कात्तिक २, २०८२
सिन्धुली
जेनजी प्रदर्शनका शहीद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले जेनजी प्रदर्शनका क्रममा शहीद भएका योगेन्द्र न्यौपाने 'रोशन'को सम्मानमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

उक्त पालिकाको वडा नम्बर १ च्याकुटारबेँसी खेल मैदानमा आयोजित प्रतियोगिताको पालिका प्रमुख शङ्करराज बराल र ज्वालाप्रसाद न्यौपानेले निर्णायक (रेफ्री)लाई बल हस्तान्तरण गरी संयुक्त रूपमा उद्‌घाटन गरेका हुन् ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ जेनजी प्रदर्शनमा सहभागी भएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा थिए ।

प्रतियोगितामा कमलामाई र दूधौली नगरपालिकाका एक/एक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई/दुई गरी १० टोलीको सहभागिता रहेको गोलन्जोरका उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

‘स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद’ भन्ने नारा दिइएको उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता उद्‌घाटन कार्यक्रममा उनका पिता युवराज न्यौपाने (उमेश) र परिवारका सदस्य उपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्