१० साउन २०८३, आइतबार

शुक्रबार कति छ विदेशी मुद्राको विनिमयदर ?

कात्तिक ७, २०८२
काठमाडौं
शुक्रबार कति छ विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ २५ पैसा र बिक्रीदर १४० रूपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रूपैयाँ २६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ १४ पैसा र बिक्रीदर १८७ रूपैयाँ ९४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४२ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २३ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २० पैसा र बिक्रीदर १०० रूपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ९० पैसा र बिक्रीदर १०८ रूपैयाँ ३६ पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ६९ पैसा र बिक्रीदर १९ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६४ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २८ पैसा र बिक्रीदर चार रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ १६ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७४ पैसा र बिक्रीदर नौ रूपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ८९ पैसा र बिक्रीदर १४ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ७६ पैसा र बिक्रीदर २१ रूपैयाँ ८६ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८ रूपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ४५९ रूपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रूपैयाँ ६३ पैसा , ओमनी रियाल एकको खरिददर ३६४ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ८३ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्