
गायिका नितु पौडेलको आत्मदाहपछिको मृत्यु प्रकरणमा आफन्तले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीमा जाहेरी दिएका छन् ।
आज अपरान्ह पौडेलका आफन्तले प्रहरीमा जाहेरी दिएका हुन् ।
जाहेरीपछि प्रहरीले गिरीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउने भएको छ ।
गत शनिबार काठमाडौंको अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
उनको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।