०३ साउन २०८३, आइतबार

एन्फाको व्यवस्थापनमाथि खेलकुदमन्त्री गुप्ताको आक्रोश, महासचिव राईलाई फोनमै थर्काए

कात्तिक ११, २०८२
काठमाडौं
एन्फाको व्यवस्थापनमाथि खेलकुदमन्त्री गुप्ताको आक्रोश, महासचिव राईलाई फोनमै थर्काए

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापकीय कमजोरीप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उचित व्यवस्थापन नपाएको खबर सार्वजनिक भएपछि मन्त्री गुप्ताले सिधै एन्फाका महासचिव किरण राईलाई फोन गरी कडा शब्दमा आफ्नो आक्रोश पोखेका हुन् ।

मन्त्री गुप्ताले महासचिव राईलाई फोनमा हकारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गाडीमा यात्रा गरिरहेका मन्त्री गुप्ताले फोनमा महासचिव राईसँग खेलाडीको दयनीय अवस्थाबारे सोधपुछ गर्दै एन्फाको गैरजिम्मेवारपनप्रति प्रश्न उठाएका थिए ।

फोन संवादको सुरुवातमा मन्त्री गुप्ताले महिला टोलीको खेलको नतिजाबारे सामान्य सोधपुछ गरेका थिए । महासचिव राईले भारतलाई जितेको र इरानसँग हारेको जानकारी दिएपछि मन्त्री गुप्ता सिधै मुख्य विषयमा प्रवेश गरेका थिए ।

"त्यो हाम्रो बीसौं राष्ट्रिय खेलाडीहरूको, फुटबलको हजुर महिलाको, के हो त उनीहरूको?" भन्दै मन्त्रीले कुरा सुरु गरेका थिए ।

उनले आक्रोशित हुँदै थपे, "तपाईंले त्यहाँनिर खानाको विषय उठेको छ, ट्राभलको कुरा उठेको छ, त्यहाँनिर म्यानेजमेन्ट भएन भन्ने कुराहरू आइराखेको छ । तपाईंहरूले त अनि खाना पनि टाइममा नखुवाएर ट्राभल मात्र गराउनुभयो त अनि ! सुत्न पनि त्यस्तै तीन-चार घण्टा मात्र पाएको छ भन्ने कुरा छ ।"

जवाफमा महासचिव राईले व्यवस्थापनको जिम्मा आयोजक भारतीय फुटबल संघको भएको भन्दै पन्छिन खोजेका थिए । "त्यो चाहिँ इन्डियनले नै म्यानेज गर्छ के त्यहाँ," राईले भनेका थिए ।

तर, मन्त्री गुप्ता राईको जवाफबाट सन्तुष्ट भएनन् । उनले राष्ट्रिय खेलाडीलाई विदेश पठाउँदा सम्पूर्ण व्यवस्थापनको पूर्वतयारी र विस्तृत तालिका एन्फासँग हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्