
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाली टोलीले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपाली टोलीले तेस्रो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको हो ।
उनी ३५ रन बनाउँदै पेभेलियन फर्किए । यस क्रममा उनले ४८ बलको सामना गरी चार चौका पनि हिर्काए ।
आसिफलाई जुनैद सिद्दकीले ध्रुव परासरद्वारा क्याच गराए । १८औँ ओभरको पहिलो बलमा आसिफ आउट हुँदा नेपालले ६१ रन बनाएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।