०३ साउन २०८३, आइतबार

कस्तो छ श्रेयस अय्यरको स्वास्थ्य अवस्था ?

कात्तिक १५, २०८२
काठमाडौं
कस्तो छ श्रेयस अय्यरको स्वास्थ्य अवस्था ?

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले श्रेयस अय्यरको चोटबारे तेस्रो मेडिकल अपडेट जारी गरेको छ । बीसीसीआई सचिव देवजित सैकियाले अय्यर निको हुने क्रममा रहेको बताए ।

'सिड्नी र भारतका विशेषज्ञहरूसहित बीसीसीआई मेडिकल टोली श्रेयस अय्यरको स्वास्थ्यलाभबाट सन्तुष्ट छन् । उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ ।'

उनका अनुसार श्रेयस थप मूल्याङ्कन र परामर्शको लागि केही समय सिड्नीमा रहनेछन् र उडानको लागि फिट भएपछि भारत फर्कनेछन्।

अय्यर अस्ट्रेलिया विरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा घाइते भएका थिए र अस्पताल भर्ना भएका थिए। खेल अक्टोबर २५ मा खेलिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्