०३ साउन २०८३, आइतबार

जेनजी आन्दोलनमा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका छाड्न रोक

कात्तिक १७, २०८२
काठमाडौं
जेनजी आन्दोलनमा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका छाड्न रोक

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जलाई काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गर्दै त्यस्ता इन्चार्जलाई हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको हो ।

ती इन्चार्जलाई भदौ २३ र २४ गतेको घटना सम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा जाँचबुझ आयोगमा उपस्थितिका लागि बोलाइने हुँदा उपत्यका छाड्न नदिन भनिएको छ । 

भदौ २३ गते संसद् भवनमा आन्दोलनकारी प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा १७ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

भोलिपल्ट २४ गते काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक, सरकारी, व्यापारिक र निजी संरचनामा व्यापक तोडफोड र आगजनी भएको थियो ।

त्यसमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालतसहितका सरकारी संरचना ध्वस्त बनाइएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्