०६ साउन २०८३, बुधबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

दुई रनमै आउट भए ओपनर कुशल भुर्तेल

कात्तिक १९, २०८२
काठमाडौं
दुई रनमै आउट भए ओपनर कुशल भुर्तेल

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

उनी दोस्रो ओभरको पाँचौं बलमै केवल दुई रन बनाउँदै आउट भए । उनले केवल नौ बलको सामना गरे । आयोजक यूएईका बलर जाहिद अलीले उनलाई विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराए ।

पहिलो विकेट गुमाउँदा नेपालले केवल चार रन बनाएको छ ।

नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

जारी शृंखलामा नेपाल र यूएई दुवैको यो अन्तिम खेल हो ।

salt training

कमेन्ट गर्नुहोस्