०९ साउन २०८३, शनिबार
चुनावको चासो

मतदाता नामावली दर्ता गर्न बिहानैदेखि भिड [फोटोफिचर]

कात्तिक २५, २०८२
विराटनगर
मतदाता नामावली दर्ता गर्न बिहानैदेखि भिड [फोटोफिचर]

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने, मतदान केन्द्र परिवर्तन गर्ने र विवरण सच्याउने अन्तिम मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको घुइँचो बढेको छ । 

कोशी प्रदेश निर्वाचन कार्यालय, विराटनगरमा बिहानैदेखि सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ । यही कात्तिक ३० गतेभित्र नाम दर्ता गराएका व्यक्तिहरू मात्र आगामी निर्वाचनमा मतदाता बन्न पाउने भएकाले पछिल्ला दिनमा भिड बढेको हो । 

निर्वाचन कार्यालय कोशी प्रदेशका प्रमुख युवराज गुरागाईंका अनुसार विराटनगरबाट मात्रै दैनिक ७ सय भन्दा बढीले नाम दर्ता गराइरहेका छन् । सेवाग्राहीको चापलाई ध्यानमा राख्दै कार्यालयले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा प्रदान गरिरहेको छ । 

‘दर्तामा खटिएका कर्मचारीलाई चिया समेत त्यहीँ मगाएर खटाउने गरेका छौं’, गुरागाईंले भने,‘फारम भर्दा दिएको मितिमा नआउँदा धेरै भिड लाग्ने गरेको छ ।’

मोरङमा असोज १० गतेदेखि सोमबार साँझसम्म ६ हजार ९०० जनाले नाम दर्तालगायतका सेवा लिएका छन् । मोरङमा छिमेकी जिल्ला झापा र सुनसरीबाट समेत सेवाग्राही आउने गरेकाले भिड बढेको गुरागाईंले बताए । 

सेवाग्राहीको चाप व्यवस्थापन गर्न कार्यालयले पाँचवटा कम्प्युटरबाट फोटो खिचाउने व्यवस्था मिलाएको छ ।

कोशी प्रदेशका अन्य धेरै जनसंख्या भएका जिल्ला; सुनसरी, झापा, इलाम र उदयपुरमा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड उस्तै छ ।

सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय गरेको छ । 

हेर्नुहोस् तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्