
अखिल नेपाल फूटबल संघ (एन्फा) आगामी चार महिनाभित्र शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल आयोजना गर्न सहमत भएको छ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा मंगलबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलपछि यस्तो सहमति जुटेको हो ।
युवा तथा खेलकुदमन्त्री गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सम्बद्ध पक्षहरूलाई शहीद स्मारक लिगका विषयमा छलफल गर्न मन्त्रालयमा बोलाएको थियो ।
छलफलमा एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लबका प्रतिनिधि, फूटबल खेलाडी संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।