०५ साउन २०८३, मंगलबार

मधेश प्रदेशसभाबाट पदमुक्त गरिएका ५ सांसद रिट लिएर सर्वोच्चमा

कात्तिक ३०, २०८२
काठमाडौं
मधेश प्रदेशसभाबाट पदमुक्त गरिएका ५ सांसद रिट लिएर सर्वोच्चमा

मधेश प्रदेशसभाबाट पदमुक्त गरिएका ५ सांसद रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

नियमित १० बैठकमा अनुपस्थित भएको भन्दै पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णयविरुद्ध सांसदहरू आइतबार सर्वोच्च पुगेका हुन् ।

उनीहरूले पेश गरेको रिट निवेदन दर्ता हुने प्रक्रियामा छ ।

सांसदहरू उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार र शारदाशंकर प्रसाद कलवारको पद २०८२ कात्तिक २७ गतेदेखि रिक्त भएको सूचना प्रदेश सभाले प्रकाशित गरेको थियो ।

मधेश प्रदेश राजपत्रमा पनि सोही व्यहोराको सूचना प्रकाशित भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्