२२ जेठ २०८३, शुक्रबार

सुमित्राको जादु चलेपछि कमजोर टीमले पनि उपाधि जित्यौं- प्रशिक्षक राई [भिडियो अन्तर्वार्ता]

मंसिर १, २०८२
काठमाडौं

एभरेस्ट महिला भलिबल लिगको उपाधि दोस्रो पटक पनि हात पारेपछि कर्णाली यशविसकी मार्की खेलाडी सुमित्रा रेग्मी र प्रशिक्षक कुमार राई अहिले चर्चामा छन् ।

न्यू डायमन्ड स्पोर्ट्स एकेडमीमार्फत महिला भलिबल खेलाडी उत्पादन गरिरहेका प्रशिक्षक राईकै प्रशिक्षणमा लिगको पहिलो उपाधि पनि सोही टीमले जितेको थियो ।

null

फाइनलमा ललितपुर क्विन्ससँग भिडेको कर्णालीका प्रशिक्षक राई आफ्नो टीमका खेलाडी कमजोर रहेको स्वीकार गर्छन् । लोकान्तर डटकमको स्टुडियोमा कुरा गर्दै प्रशिक्षक राईले सुमित्रा रेग्मीको जादुका कारण गेम जित्न सकिएको बताए ।

‘गेम हारिने भयो भनेर तर्तरी पसिना आयो, मसँग एउटै उपाय थियो- सुमित्रालाई परिचालन गर्ने । अरूलाई केही भनिनँ- ए छोरी तिमीले गोली छेक्यौ भने हामी बाँच्छौ नभए सकिने भयौं, तिमीले छेकिदेऊ । नभन्दै उनले त्यसो गरिन् र हामीले उपाधि जित्यौं’, राईले भने ।

null

प्रशिक्षक राईले अर्कोको कोर्टमा हात पुर्‍याउन सक्ने (ब्लक पेनिट्रेसन) गर्न सक्ने नेपालको एक मात्र खेलाडी सुमित्रा मात्र रहेको बताए ।

नेपालको महिला भलिबलकी राइजिङ स्टार खेलाडी सुमित्रा रेग्मी र प्रशिक्षक राईसँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा :

 

salt training

कमेन्ट गर्नुहोस्