
मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
मंगलबार एक कार्यक्रमबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले महराजगञ्ज वृत्तका कार्यालय प्रमुख निरंजन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
यो सहयोगले नेपाल प्रहरीमार्फत समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा सुशासन कायम राख्ने कार्यमा विशेष योगदान पुग्ने अपेक्षा लिइएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
प्रहरी अग्रपङ्क्तिमा रहेर नागरिकको सुरक्षामा खटिने भएकाले बैंकको यस सहयोग कार्यसम्पादनलाई सहज बनाउन सहज हुने विश्वास लिइएको बैंकले जनाएको छ ।