१० साउन २०८३, आइतबार
जीवनदर्शन

वेद र बाइबल : विधिमा समानता, व्यवहारमा असमानता किन ?

मंसिर ६, २०८२
काठमाडौं
वेद र बाइबल : विधिमा समानता, व्यवहारमा असमानता किन ?

वेद र बाइबल दुवै प्राचीनतम धर्मग्रन्थ हुन् । संसारमा वेदका अनुयायी करिब डेढ अर्बको हाराहारीमा छन् तर, बाइबलका अनुयायीहरूको सङ्ख्या भने त्योभन्दा बढी छ । वेद र बाइबलको उत्पत्तिको समय पनि करिब हाराहारी नै पाइन्छ र उद्देश्य पनि उस्तै देखिन्छ ।

वेद ई.पू. १५०० यताको उपज मानिन्छ । बाइबलको समय पनि करिब त्यही नै रहेको छ । वेद एसियाली भूमिको उपज हो भने बाइबलको पनि उत्पत्ति यशियाली भूमिमै भएको हो । वेद र बाइबलमा झगडा छैन । दुवैले सत्यधर्मको कुरा गरेका छन्, सेवा र परोपकारको कुरा गरेका छन् ।

त्यसैले उनीहरू अफैंमा समस्या होइनन् । न उनीहरूमा झगडा नै छ । सत्य त के हो भने दुवैले समानताको कुरा गरेका छन्, समस्या समाधानको कुरा गरेका छन् । तैपनि तिनका अनुयायीहरू भने त्यसैको नाममा झगडा गरिरहेका देखिन्छन्, तँछाडमछाडको अवस्थामा उत्रेका भेटिन्छन् । आखिर यस्तो किन ? यसैको पेरिफेरीमा रहेर आलेख तयास पार्ने प्रयास गरेको छु । कस्तो लाग्छ सुधीजनबाट रचनात्मक प्रतिक्रियाको अपेक्षा गर्दछु ।

वेदको रचना आर्यभूमिमा भएको हो, आर्यहरूले गरेका हुन् भने बाइबलको रचना आर्येतर भूमिका यहूदीहरूबाट भएको हो । वेदको भाषा सौरीसेनी भाषापरिवारको प्राकृत शाखामा पर्दछ भने बाइबलको भाषा पुरानो करार (पुरानो बाइबल वा पूर्वार्ध) हिब्रु र नयाँ करार (नयाँ बाइबल वा उत्तरार्ध) युनानी भाषा हो । वेद धेरै अर्थात् ४०३ जना ऋषिहरूको उपज हो, जसमा ३१५ पारिवारिक र ८८ एकाकी ऋषि रहेका छन् । बाइबल पनि धेरै मानिसहरूद्वारा लेखिएको पुस्तकको सँगालो हो ।

वेदमा १० हजार ५०० भन्दा बढी पद्य (मन्त्र)हरू सङ्कलित छन् । बाइबलमा ६६ पुस्तकहरू सङ्ग्रहित छन् । वेद सम्पूर्ण सनातनीहरूको धार्मिक ग्रन्थ हो, जसमा ज्ञान, विज्ञान, प्रकृति, प्रविधि, यज्ञअनुष्ठान आदि जीवन र जगत्सम्बन्धी यावत् कुराहरूको चर्चा भएको छ । बाइबलको पूर्वार्ध अर्थात् पुरानो करारमा २७ वटा पुस्तक समेटिएको छ भने उत्तरार्ध अर्थात् नयाँ करारमा तीबाहेकका ३९ वटा पुस्तकहरू समेटिएको छ । यीमध्ये पुरानो करार यहूदीहरूको धर्मग्रन्थ हो भने नयाँ करारमा ईशामशीहको जीवनी तथा उनको शिक्षा र सन्देश समेटिएको छ ।

पुरानो करारमा आदमका सन्तान अब्राहम र उनका पुत्र इसहाक, पौत्र याकूव तथा प्रपौत्र यहुदा र उनका वंशज मूसाको चरित्रचित्रण भएको छ । यी मूसा तिनै मूसा हुन्, जसलाई परमेश्वरले दिव्यज्ञान दिनुभएको थियो भने उनले यसैको माध्यमबाट मिश्रदेश (इजिप्ट)का राजा फारोको राज्यमा दसत्व जीवन व्यतीत गर्दै आएका छ, लाखभन्दा बढी यहूदीहरूलाई मुक्त गरी यर्दन (जोडन) नदी पारीको मुलुक इज्रायलमा लगेर बसाएका थिए ।

भनिन्छ, यस कामका लागि उनलाई ४० वर्षभन्दा बढी समय लागेको थियो, जतिबेला उनी र उनका अनुयायीहरूले मरुभूमिको कठिन यात्रा गर्नुपरेको थियो । यसैको जगबाट उठेकाले नयाँ करारमा भने त्यसपछिका घटनाविवरण समेटिएको छ । ईशामशीहको जन्म पनि यहूदी परिवारमै भएकाले मूसाले सूत्रपात गरेको पुरानो करार वा पुरानो बाइबलले इस्लाम धर्मलाई मात्र होइन ईशाइधर्मलाई समेत जन्माउने काम गरेको थियो ।

हो, विज्ञानको दृष्टिमा बाइबलभन्दा वेदको वजन बढी छ, जसले समुद्रबाट बादल बन्दछ र बादलकै कारण पानी पर्दछ भनेको मात्र छैन कसरी पानी बन्दछ, आगोको उत्पत्ति कसरी हुन्छ, कसरी पानीभित्र बिजुलीको अस्तित्व रहेको हुन्छ र कसरी दुई बादलको टक्करमा मेघ गर्जन्छ (चट्याँङ पर्दछ) भन्ने जस्ता कुराहरूको दिग्दर्शन गरेको छ तर बाइबल भने विशुद्ध कथा र उपकथाले भरिएको छ । तथापि सामाजिक संरचना र समाजप्रति मानिसको उत्तरदायित्वका प्रसङ्गमा भने बाइबल दुवै उत्तिकै वजनदार देखिन्छन् ।

वेदले माया, मैत्री, करुणा, दान, दातव्य, परहित, परोपकारको कुरा गरेको छ भने बाइबलले पनि त्यस्तै कुरा गरेको छ । वेदले सेवालाई ठूलो धर्म मानेको छ भने बाइबलको अभिप्राय पनि त्यस्तै रहेको पाइन्छ । त्यसैले भन्नैपर्छ वेद र बाइबल आफैंमा समस्या होइनन् र तिनमा समस्या छँदा पनि छैन । समस्या छ भने तिनका अनुयायीहरूमै छ, उनीहरूको दृष्टिमा छ, सोचमा छ । होइन भने वेद र बाइबलको उद्देश्य विपरीत यति ठूलो होडबाजी, रडाँको र तँछाडमछाड किन ?

खासमा हालको प्रमुख समस्या भनेकै विभिन्न प्रलोभन देखाएर जबरजस्ती धर्मान्तरण, निहित स्वार्थ पूरा गर्ने प्रवृत्ति र प्रक्रिया नै हो । होइन भने सबैले निर्वाधरूपमा आ–आफ्नो धर्मसंस्कृति अप्नाउन पाउनेछन् र कसैले पनि कसैको धर्मान्तरण गर्न पाउने छैन भन्ने संवैधानिक मान्यताविरुद्ध किन मरिहत्ते भइरहेको छ ? छ यसको उत्तर ? छ भने साथीहरूले प्रष्ट पार्नु जरूरी छ ।

salt training

कमेन्ट गर्नुहोस्