१० साउन २०८३, आइतबार

एनपीएल– विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

मंसिर ८, २०८२
काठमाडौं
एनपीएल– विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग 'एनपीएल सिजन- टु' अन्तर्गत आफ्नो दोस्रो खेलमा जनकपुरले पहिला फिल्डिङ गर्ने भएको छ ।

कप्तान अनिल साहले टस जितेर विपक्षी विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

आफ्नो पहिलो खेल हारेको जनकपुर जीतको खोजीमा मैदानमा उत्रिँदैछ । विराटनगरले भने यसअघिका दुवै खेल जितिसकेको छ ।

अघिल्लो सिजन जनकपुरलाई उपाधि जिताउने पुबुदु दासानायके अहिले विराटनगर किंग्सको प्रशिक्षक छन् ।

विराटनगर टीमको नेतृत्व भने सन्दीप लामिछानेले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्