०८ साउन २०८३, शुक्रबार
नेपाल प्रिमियर लिग

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ९४ रनमै समेटियो

मंसिर ८, २०८२
काठमाडौं
सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ९४ रनमै समेटियो

नेपाल प्रिमियर लिगको जारी दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हात पारेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णाली याक्ससँग भएको खेलमा सुदूरपश्चिम ४५ रनले विजयी भएको हो । कर्णालीले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १९.२ ओभरमा पूरा गर्‍यो । कर्णाली केवल ९४ रन बनाएर अलआउट भयो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए। 

कर्णालीका लागि मार्क वाटले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले चार विकेट लिए । त्यस्तै, हरमित सिंहले दुई, स्कट कुग्लेजिन, हेमन्त धामी र अविनास बोहराले एक-एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनायो ।

सुदूरपश्चिमका लागि कप्तान ऐरीले ३९ रनको योगदान गरे । छैटौं नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए ।

सातौं नम्बरका ब्याट्सम्यान हरमित सिंहले पनि टोलीका लागि १९ रनको योगदान गरे । हरमितले १६ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । दीपेन्द्र र हरमितले ४८ रनको साझेदारी गरे ।

आरिफ शेखले पनि टोलीको खातामा २७ रन थपे । उनले २५ बलमा तीन चौका हिर्काए । क्रिस लिन भने २० बलमा दुई चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका थिए ।

सुदूरपश्चिमले पहिलो ओभरको पहिलो बलमै ओपनर जोस ब्राउनलाई गुमाएको थियो । अर्का ओपनर विनोद भण्डारी पनि १३ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

नरेश साउद खाता खोल्नुअघि नै पेभेलियन फर्किए । स्कट कुग्गेलेइजनले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए ।

हेमन्त धामी एक र अविनाष बोहरा एक रनमा अविजित रहे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा पनि ११ रन पायो । 

कर्णाली याक्सका बलर सोमपाल कामीले तीन विकेट लिए । कप्तानसमेत रहेका सोमपालले चार ओभरमा एक मेडन राख्दै ३२ रन खर्चिए । 

नन्दन यादवले दुई विकेट हात पारे । मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले पनि एक/एक विकेट लिए ।


 

salt training

कमेन्ट गर्नुहोस्