२३ असार २०८३, मंगलबार

भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले प्रधानसेनापतिलाई भेटे

मंसिर १०, २०८२
काठमाडौं
भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले प्रधानसेनापतिलाई भेटे

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ताले नेपालका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका छन् ।

नेपाली सेनाको मुख्यालय भद्रकालीमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा उनीहरूले भारत र नेपालबीचको रक्षा सहकार्यलाई थप सुदृढ पार्ने उपायबारे छलफल गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

सिग्देल भारतीय सेनाका मानार्थ महारथी हुन् । नेपाल र भारतीबीच दुई देशका सेना प्रमुखलाई एकअर्काको मानार्थ सेतापतिको पदवी दिने चलन छ । 

salt training

कमेन्ट गर्नुहोस्