०५ साउन २०८३, मंगलबार

लुम्बिनीले दियो सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य

मंसिर ११, २०८२
काठमाडौं
लुम्बिनीले दियो सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लम्बिनीले १९.४ ओभरमा अलआउट हुनुअघि १४३ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ३५ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ३६ बलमा तीन चौका प्रहार गरे ।

दिलीप नाथले पनि टोलीको खातामा ३१ रन थपे । चौथो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान दिलीपले २९ बलमा एक छक्का र दुई चौका पनि हिर्काए ।

ओपनर ब्याट्सम्यान डी’आर्ची सर्ट ११ बलमा चार चौकाको मद्दतले १८ रन बनाउँदै आउट भए । अर्का ओपनर सुमित महर्जनले पनि १४ बलमा तीन चौकाको मद्दतले १८ रन बनाए ।

गुलबदिन नाइब नौ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । शेर मल्ल चार रनमै पेभेलियन फर्किए । रुबेन ट्रम्पलम्यानले खातासम्म खोल्न सकेनन् ।

सातौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले सात बलमा सात रन बनाए । थोमस ड्राका चार बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भए । अभिषेश गौतमले ६ रन बनाए ।

सुदूरपश्चिमका बलर हरमित सिंह र अविनाष बोहराले तीन–तीन विकेट लिए । हेमन्त धामीले पनि दुई विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्