०५ साउन २०८३, मंगलबार

पाटन दरबार क्षेत्रमा यसरी मनाइयो योमरी पुन्ही [तस्वीरहरू]

मंसिर १८, २०८२
ललितपुर
पाटन दरबार क्षेत्रमा यसरी मनाइयो योमरी पुन्ही [तस्वीरहरू]

ललितपुर महानगरपालिका र ज्यापु समाजको सहकार्यमा पाटन दरबार क्षेत्रमा यस वर्षको योमरी पुन्ही विविध कार्यक्रमसहित मनाइएको छ । 

नयाँ चामलको पिठोलाई माछासहित विभिन्न आकृतिमा बनाई चाकु, तिल र खु्वाले भरिने परम्पराअनुसार सहभागीहरूले योमरी तयार पारेका थिए ।

ज्यापु समुदायकी शोभा शाक्यका अनुसार यो दिन गरिबलाई योमरी दान दिँदा आउने वर्ष दोब्बर लाभ प्राप्त हुन्छ भन्ने जनविश्वास प्राचीनकालदेखि चलनमा छ । 

उनले यसदिन चामलको पिठो, चाकु र कालो तिल प्रयोग गरी तयार पारिने योमरीलाई भकारी पूजा र वर्षभरि प्राप्त अन्नप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको बताइन् ।

कार्यक्रमका क्रममा पाटन दरबार क्षेत्रमा राखिएका स्टलमा विभिन्न आकारको योमरी प्रदर्शन गरिएको थियो । साना बालबालिकालाई योमरी बनाउने सीप सिकाउन छुट्टै प्रशिक्षण पनि सञ्चालन गरिएको थियो ।

यससँगै कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत नाचगान र स्थानीय सहभागिता रहेकाले सम्पूर्ण क्षेत्र उत्सवमय देखिन्थ्यो ।

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्