०२ साउन २०८३, शनिबार
चुनावको तयारीमा कांग्रेस

पुन:स्थापनाको रिट दर्ता भएकै दिन कांग्रेसमा उम्मेदवार सिफारिस, गगन 'हाई डिमान्ड' !

मंसिर २३, २०८२
काठमाडौं
पुन:स्थापनाको रिट दर्ता भएकै दिन कांग्रेसमा उम्मेदवार सिफारिस, गगन 'हाई डिमान्ड' !

प्रतिनिधिसभा पुन:स्थापनाका लागि पार्टीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएकै दिन नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको नाम उम्मेदवारका लागि धमाधम सिफारिस भएको छ ।

कांग्रेसले आइतबार दायर गरेको रिट मंगलबार दर्ता भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकार दिए ।

एकातिर संसद् पुन:स्थापनाको रिट दर्ता गरेको कांग्रेसले अर्कातर्फ भने २१ फागुनका लागि हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गरेको हो ।

१५ मंसिरमा परिपत्र गर्दै कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो ।

पार्टीको परिपत्रअनुसार २३ मंसिर अर्थात् मंगलबार क्षेत्रीय निर्वाचन समितिबाट जिल्ला कार्यसमितिलाई नाम सिफारिस गर्न भनिएको थियो । सोहीअनुसार मंगलबार अधिकांश प्रभावशाली नेताको क्षेत्रबाट उम्मेदवार सिफारिस भएको छ ।

डडेलधुरामा देउवा निर्विकल्प‚ गगनको माग देशभर!

एक मात्र निर्वाचन क्षेत्र भएको डडेल्धुरामा पार्टी सभापति शेरबहादुर देउवा पुनः निर्विकल्प उम्मेदवार बन्ने देखिएको छ । २०४८ सालपश्चात निरन्तर चुनाव जित्दै आएका देउवाले अन्तिमपटक भन्दै चुनाव लड्ने तयारी गरेका छन् ।

डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउदले दिएको जानकारी अनुसार सभापति देउवाको नाम एकल सिफारिस गर्ने तयारी भएको छ । ‘पर्सि (बिहीबार) बैठक बसेर उहाँको नाम एकल सिफारिस गर्छौं‚’ उनले लोकान्तरसँग भने‚ ‘जनताले पनि उहाँलाई चाहेका छन् । उहाँ नै लड्नुहुन्छ ।’

null

देउवाले २०४८ सालपश्चात ७ पटक डडेल्धुराबाट चुनाव जितिसकेका छन् ।

आठौंपटक चुनाव लड्ने तयारीमा रहेका देउवाले अहिलेसम्म हार व्यहोर्नुपरेको छैन । उनले २०८४‚ ०५१‚ ०५६‚ ०६४‚ ०७०‚ ०७४ र ०७९ को निर्वाचनमा लगातार जीत हात पारेका थिए ।

यता पार्टी महामन्त्री गगनकुमार थापा भने देशका एकभन्दा बढी क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । अर्थात्, काठमाडौं– ४ बाहेक पनि उनी देशका अन्य निर्वाचन क्षेत्रमा 'हाई-डिमान्ड' नेता बनेका छन् ।

महामन्त्री थापाको नाम रोल्पा र धनकुटाबाट सिफारिस भइसकेको छ । पार्टीका धनकुटा जिल्ला सभापति दिनेश राईले महामन्त्री थापाको नाम एक नम्बरमा सिफारिस गरेको बताए ।

‘पञ्चायतपश्चात र जेनजीकालमा पनि हाम्रो जिल्लाले प्रधानमन्त्री बनायो‚’ उनले भने‚ ‘उहाँ जत्तिको लिडरलाई यहाँबाट जिताएर हामी प्रधानमन्त्री बनाउन चाहन्छौं ।’

null

यी नेता,जो एकल सिफारिस भए

देशमा विभिन्न निर्वाचनका कांग्रेस क्षेत्रीय सभापतिहरूसँग बुझ्दा कतिपय नेता एकल सिफारिस भएका छन्, जसमा प्राय: केन्द्रमा नाम चलेका नेताहरू रहेका छन् ।

सुर्खेत क्षेत्र नम्बर १ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम एकल सिफारिस भएको छ। मंगलबार बसेको बैठकले उनको नाम एकल सिफारिस गरेको क्षेत्रीय सभापति झकबहादुर डाँगीले जानकारी दिए ।

null

झापा क्षेत्र नम्बर १ बाट महामन्त्री विश्वप्रकाश शर्माको नाम एकल सिफारिस भएको छ । क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार उनको नाम उम्मेदवारका रूपमा एकल सिफारिस भएको हो । 

यस्तै‚ मोरङ क्षेत्र नम्बर ६ बाट नेता शेखर कोइरालाको नाम एकल सिफारिस भएको छ । क्षेत्रीय सभापति देवराज तामाङले दिएको जानकारीअनुसार मंगलबार बसेको बैठकले कोइरालाको नाम एकल सिफारिस गरेको हो ।

null

‘आज बैठक बसेर उहाँको नाम जिल्ला कार्यसमितिमा एकल सिफारिस गरिएको हो‚’ उनले भने । २०७९ को निर्वाचनमा कोइराला यहाँबाट विजयी हुँदा २०७४ को निर्वाचनमा हार व्यहोर्नुपरेको थियो ।

यता‚ कैलाली ५ बाट आरजु राणा देउवाको नाम पहिलो नम्बरमा सिफारिस भएको छ ।

मंगलबार बसेको क्षेत्रीय समिति बैठकले केन्द्रीय सदस्य राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।

null

उनीसँगै विघटित प्रतिनिधिसभाका सदस्य डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री नरनारायण शाह ‘मनु’ र केन्द्रीय सदस्य नृपबहादुर ओडको नाम पनि सिफारिस भएको छ ।

यसबाहेक देशका अन्य जिल्लामा पनि क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेका छन् । ती सिफारिस जिल्ला कार्यसमितिमा पुगेका छन् । यी नामहरूमध्ये एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा जिल्ला समितिले मंसिर २६ र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाले मंसिर २५ गते प्रदेश सभा कार्यसमितिमा रायसहित पठाउनुपर्नेछ ।

प्रदेश समितिले आफ्नो रायसहित मंसिर मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पठाउने छ ।

परिपत्रमा कांग्रेसले एक महिला सहित बढीमा तीन जनाको नाम सिफारिस गर्न परिपत्र जारी गरेको थियो, सोहीअनुसार कतिपय जिल्लामा एकल नाम समेत सिफारिस भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्