
मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।
मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवले कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताइन् गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उनको भनाइ छ ।
धानमा क्षतिका बिच मूल्यमा पनि गिरावट आएकाले किसान चिन्तित हुनुपरेको छ ।
यस वर्ष धानको बजार मूल्य प्रतिमन रु एक हजार २०० देखि रु एक हजार ३०० सम्म रहेको छ । गत वर्ष मङ्सिरमा धानको बजार मूल्य प्रतिमन रु एक हजार ७०० देखि रु एक हजार ८०० सम्ममा कारोबार भएको थियो ।