२२ असार २०८३, सोमबार
सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व सांसदविरुद्ध अकुत सम्पत्तिको भ्रष्टाचार मुद्दा : काठमाडौंका १६ ठाउँमा २० रोपनी जग्गा

‘मध्यम वर्गीय परिवारको मान्छे मेयर बनेपछि अस्वाभाविक जीवन यापन गरेको देखियो’
मंसिर २८, २०८२
काठमाडौं
पूर्व सांसदविरुद्ध अकुत सम्पत्तिको भ्रष्टाचार मुद्दा : काठमाडौंका १६ ठाउँमा २० रोपनी जग्गा

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका पूर्वनगर प्रमुख तथा विघटित संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले अकुत सम्पत्ति आर्जन गरी काठमाडौंमा दर्जनौं कित्ता जग्गा खरिद तथा घर निर्माण गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चालिसे र उनका परिवारका सदस्यसहित ५ जनालाई प्रतिवादी बनाएर गैरकानूनी सम्पत्ति आर्जनमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । चालिसेले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ ।

आयोगले सन्तोषसँगै श्रीमती मन्दिरा चालिसे, छोराहरू सञ्जीव, सागर र बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएको छ । साथै आयोगले उनीहरूको नाममा रहेको घर, जग्गा तथा शेयर लगानीसहित बैंक मौज्दात समेत जफतको मागदाबी गरेको छ ।

जसमध्ये, मन्दिरा चालिसेको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-९ को कित्ता नम्बर १५४ को ४४२.५० वर्गमिटर क्षेत्रफलमा बनेको साढे दुई तलाको घर, वडा नम्बर ८ मा उनकै नाममा रहेको कित्ता नम्बर ७५ को १५०.४० वर्ग मिटर जग्गा, सन्तोष चालिसेको नाममा वडा नम्बर ८ को कित्ता नम्बर १२० को १४३.०९ वर्गमिटर जग्गा जफत गर्न आयोगले माग गरेको छ ।

साथै छोरा सागर चालिसेको नाममा रहेको गोकर्णेश्वर ९ को कित्ता नम्बर ७९ को ९५.३९ वर्ग मिटर जग्गा र वडा नम्बर ८ को कित्ता नम्बर ५ को २०६.६० वर्ग मिटर जग्गा पनि जफत गर्न आयोगले भनेको छ ।

त्यसैगरी बुहारी प्रमिला पोखरेलको नाममा रहेको वडा नम्बर ३ को कित्ता नम्बर ३४ को ३०५२.३२ वर्गमिटर जग्गा पनि जफतको माग गरिएको छ ।

त्यसैगरी, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा छोरा सागर चालिसेको कम्पनी फुच्चु फनपार्कमा शेयर लगानी भएको १५ लाख रुपैयाँ र इन्जिनियरिङ एण्ड एजुकेसन जोन प्रालि, पुतलीसडकमा भएको १६ लाख ६६ हजार ६ सय रुपैयाँ समेत जफतको माग गरिएको छ ।

त्यसैगरी, अपुग बिगोको हकमा समेत सन्तोषसहित उनका परिवारका सदस्यहरूको नाममा रहेको तथा हाल रोक्का गरिएको जग्गा समेत जफत गर्न आयोगको मागदाबी छ।

त्यसमध्ये श्रीमती मन्दिराको नाममा रहेको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ को कित्ता नम्बर १५४ को ४४२.५० वर्ग मिटर क्षेत्रफल भएको जग्गा, छोरा सञ्जीवको नाममा रहेको सुन्दरीजलको ३ क को कित्ता नम्बर २६५ को १५२३.२२ वर्ग मिटर जग्गा जफत गर्न माग गरिएको छ ।

प्रतिवादी सन्तोष चालिसे २०७४ जेठ ८ गते गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भई सार्वजनिक सेवा धारण गर्नु पूर्व मध्यम वर्गीय परिवारको सदस्य रहेको अभियोगपत्रमा उल्लेख छ ।

साथै बुहारी प्रमिला पोखरेल समेत ३ जनाको नाममा रहेको बालुवाको ३ घ को कित्ता नम्बर ३४ को ३०५२.३२ क्षेत्रफल जग्गा मध्ये प्रमिलाको भागमा पर्ने १०१७ .४४ वर्ग मिटर जग्गा जफत हुन माग गरिएको छ ।

प्रतिवादी सन्तोष चालिसे २०७४ जेठ ८ गते गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भई सार्वजनिक सेवा धारण गर्नु पूर्व मध्यम वर्गीय परिवारको सदस्य रहेको अभियोगपत्रमा उल्लेख छ ।

त्यस आधारमा उनको जीवनस्तर सामान्य रहनुपर्नेमा मनासिव कारणविना अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

१६ स्थानमा करिब २० रोपनी जग्गा

उनले सार्वजनिक सेवा धारण गरेपश्चात उनको  एकासंगोल परिवार सदस्यहरूले एकल तथा संयुक्त स्वामित्वमा रहने गरी काठमाडौंमा विभिन्न कित्तामा जग्गा किनेर घर बनाई हकभोग गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

काठमाडौंको बालुवा ९ ग स्थित कित्ता नम्बर २६४ को जम्मा क्षेत्रफल ३०५२.३२ वर्ग मिटर, सोही ठाउँको ३ घ स्थित कित्ता नम्बर ३४ को जम्मा क्षेत्रफल ३०५२.३२ वर्ग मिटर, बालुवा कै ६ ख स्थित कित्ता नम्बर २५५,२५७, २५९, २८३, २८४, २९०, २९२, २५४ र २५८ मा जम्मा क्षेत्रफल १७३७.६७ वर्ग मिटर जग्गा किनेको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी, काठमाडौंको जोरपाटी-८ स्थित कित्ता नम्बर ७५ मा १५०.८० वर्गमिटर, सोही ठाउँको कित्ता नम्बर १२० मा १४३.०९ वर्गमिटर, कित्ता नम्बर ५ स्थित २०६.६० वर्गमिटर, जोरपाटी ९ ग स्थित कित्ता नम्बर ७९ को ९५.३९ वर्ग मिटर र सुन्दरीजलको ३ क कित्ता नम्बर २६५ को १५२६.२२ वर्ग मिटर जग्गा खरिद गरेको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका- ९ मा घर निर्माण गरी हकभोग गरेको देखिएको र चालिसेको वैधानिक आयबाट ती सम्पत्ति खरिद गर्नसक्ने अवस्था नै नदेखिएकोले उनको जीवनस्तर अस्वाभाविक तथा अमिल्दो रहेको अभियोगपत्रमा उल्लेख छ ।

सन्तोष चालिसे र उनको परिवारका सदस्यहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातामा अनुसन्धानको अन्तिम जाँच अवधि २०७९ असार ३२ गतेसम्म साधारण बचततर्फ ३७ लाख ५५ हजार ८१८ रुपैयाँ र बैंक मुद्दती लगानीतर्फ १२ लाख समेत गरी जम्मा ४९ लाख ५५ हजार ८१८ रुपैयाँ रहेको अभियोगपत्रमा उल्लेख छ ।

‘निज प्रतिवादी सन्तोष चालिसे समेतको तलब भत्ता लगायतको आय स्रोतहरूको गणना गर्दा पनि उक्त रकमको वैध स्रोत पुग्ने देखिँदैन । निज प्रतिवादीले उक्त रकमको हक भोग तथा प्रयोग प्रचलनमा गरी/गराई अस्वाभाविक जीवन यापन गरेको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

प्रतिवादी सन्तोष चालिसेले आफ्नो आय स्रोत देखाउने नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ४ बस्ने ल्हाक्पासोनाम शेर्पासँग २०८१ असार ३१ गते ४६ लाख रुपैयाँ ऋण लिएको कपाली तमसुक समेत पेस गरेका थिए ।

‘२०७५ फागुनमा संकलित राजश्व अभिलेख विवरणमा चालिसेले लिखत प्रमाणित गरे बापत राजश्व दाखिला गरेको समेत नदेखिएको,’ अभियोगपत्रमा उल्लेख छ ।

उक्त तमसुक लिखत गोकर्णेश्वर नगरपालिका ८ नम्बर वडा कार्यालय जोरपाटी, काठमाडौंका तत्कालीन कार्यवाहक वडा अध्यक्ष नन्दलाल श्रेष्ठले हस्ताक्षर गरी कार्यालयको छाप लगाई प्रमाणित समेत गरेको भनी चालिसेले कागजात पेस गरेका थिए ।

तर, २०७५ फागुन २६ गते तत्कालीन वडाध्यक्ष मनोजकुमार ढुंगानाले श्रेष्ठलाई कार्यवाहक अध्यक्षको अख्तियारी दिएको आयोगको अनुसन्धानबाट नखुलेको अभियोगपत्रमा उल्लेख छ ।

‘२०७५ फागुनमा संकलित राजश्व अभिलेख विवरणमा चालिसेले लिखत प्रमाणित गरे बापत राजश्व दाखिला गरेको समेत नदेखिएको,’ अभियोगपत्रमा उल्लेख छ ।

यस्तै, सन्तोष चालिसेको छोरा सागरले आयोगमा बयान गर्दा उनले फुच्चु फनपार्कमा गरेको १५ लाख रुपैयाँ लगानी आफूले गरेको नभई पार्कका साझेदार पार्टनर सागर घिमिरेले लगानी गरिदिएको भनी जिकिर लिएका छन् ।

सागर चालिसे र सागर घिमिरेबीच २०७६ कात्तिक २० मा सम्झौता गरेको प्रतिलिपि कागजसमेत पेस गरेको भएता पनि उक्त सम्झौता कानून बमोजिम सम्बन्धित निकायबाट प्रमाणित समेत भएको नदेखिएको अभियोगपत्रमा उल्लेख छ ।

उक्त सम्झौताको कागजात निजहरूले गैरकानूनी तवरबाट आर्जन गरेको सम्पत्तिबाट उल्लिखित कम्पनीमा गरिएको खर्च लगानीको स्रोत नदेखाउने उद्देश्यले कृत्रिम एवं बनावटी कागज प्रमाण बनाई पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।

सन्तोषका छोरा सागर चालिसेले आयोगमा बयान गर्दा  शिवम बचत तथा ऋण सहकारी संस्था चाबहिलबाट लिइएको कर्जा रकमको २०७७ फागुन २६ गते गते तिरेको साँवा ४९ लाख ५९ हजार रुपैयाँ र ब्याज रकम १ लाख ५० हजार ३७० रूपैयाँ उनी आफैंले तिरेको नभई साथी सागर घिमिरेले तिरेको भनी जिकिर गरेका छन् ।

त्यसैगरी, बैंकबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा ६ लाख ७० हजार ८७ रुपैयाँ, बीमा प्रिमियम भुक्तानीमा ३१ लाख ४२ हजार ९३ रूपैयाँ, जग्गा खरिदमा  २ करोड १८ लाख ७० हजार ६९५ रूपैयाँ,  शेयर खरिदमा ९१ लाख १९ हजार ८४० रूपैयाँ, कर्जा लिंदा तिरेको सेवा शुल्कमा १ लाख ४५ हजार ९९५ रूपैयाँ, सहकारीबाट लिएको कर्जा नवीकरणमा १ लाख २३ हजार ४१० रूपैयाँ खर्च गरेको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी, कम्पनी लगानीमा ४१ लाख ९१ हजार ६ सय रूपैयाँ, जग्गा बिक्री लाभ करमा १ लाख ५ हजार ५ सय रूपैयाँ, व्यवसाय करमा २ हजार ३६० रूपैयाँ, सवारी करमा १ लाख ४१ हजार ६५० रूपैयाँ, सवारी कर्जाको साँवा र ब्याज भुक्तानीमा ३७  लाख ८३ हजार २६२ रूपैयाँ, इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा ५ लाख ८० हजार ७५३ रूपैयाँ समेत गरी ८ करोड ५६ लाख ८३ हजार ५९५ रूपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिवादी सन्तोष चालिसेको जाँच अवधिको कुल समग्र आय ४ करोड ८८ लाख ३५ हजार ८३३ रूपैयाँ रहेकोमा कुल खर्च  ८ करोड ५६ लाख ८३ हजार ५९५ रूपैयाँ भएकोमा  घटाउँदा ३ करोड ६८ लाख ४७ हजार ७६१ रूपैयाँ बढी हुन गएको अभियोगपत्रमा उल्लेख छ ।

चालिसेले सार्वजनिक पद धारणा गरेपश्चात आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय हेटौंडामा पेस गर्नुपर्नेमा उनले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण फाराम पेस गरेको नदेखिएको हुँदा उनलाई जरिवानाका लागि राष्ट्रिय सतर्कता केन्द्रमा समेत लेखी पठाएको आयोगले जनाएको छ ।

साथै उनलाई ऋण दिने भनी नक्कली कपाली तमसुक बनाएको ल्हाक्पासोनाम शेर्पा र ऋण रकम लिएको भनी प्रमाणित गर्ने गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ कार्यालय जोरपाटी, काठमाडौंका तत्कालीन कार्यवाहक वडाध्यक्ष नन्दलाल श्रेष्ठविरुद्ध समेत छुट्टै अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी उनका छोरा सागर चालिसेले शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको कर्जा बापत सो सहकारीलाई भुक्तानी गरेको रकम र फुच्चु फनपार्क प्रालिमा शेयर लगानी गरेको रकम सागर घिमिरेले लगानी र भुक्तानी दिएको भनी लिखत कागज गर्ने निज सागर घिमिरे र सागर चालिसेको हकमा समेत छुट्टै अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

उनीहरूविरुद्ध  भ्रष्टाचारजन्य कसुरबाट आर्जित सम्पत्ति लुकाउने, छल्ने, बदल्ने समेत बदनियतले गरेको हुन सक्ने देखिएको भन्दै सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख छ ।

ती दुवै जनाको हकमा अनुसन्धान टुंगिएपछि पूरक अभियोग पेस गर्ने आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्