०३ साउन २०८३, आइतबार

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने

पुस १, २०८२
काठमाडौं
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने

एनएमबि बैंकले आफ्ना ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको शुरूआत गरेको छ ।

बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्रयाक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

यस सुविधाको शुरूआतसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपश्चात् ग्राहकले एउटा 'ट्रया​किङ नम्बर' प्राप्त गर्नेछन् । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटमा गई डिजिटल बैंकिङ (Digital Banking) खण्डमा गएर र अनलाइन कर्जा ट्रया​किङ (Online Loan Tracker) चयन गरी वा सिधै https://digi.nmb.com.np/loan-tracker मा गएर पनि आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सक्नेछन् ।

यो सुविधाले ग्राहकलाई थप सुविधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता पुग्ने कुरामा बैंकले विश्वास लिएको छ ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्