
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रूपैयाँ ९६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रूपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रूपैयाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रूपैयाँ २२ पैसा र बिक्रीदर १८२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ २५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रूपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रूपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रूपैयाँ २० पैसा र बिक्रीदर नौ रूपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिदर २० रूपैयाँ ४४ पैसा र बिक्रीदर २० रूपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ २२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ६२ पैसा र बिक्रीदर चार रूपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ८९ पैसा र बिक्रीदर नौ रूपैयाँ ९३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६५ पैसा र बिक्रीदर १५ रूपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६४ पैसा र बिक्रीदर २२ रूपैयाँ ७३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १८ रूपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रूपैयाँ ६४ पैसा र बिक्रीदर ४६८ रूपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रूपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रूपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७३ रूपैयाँ ९२ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।