०४ साउन २०८३, सोमबार

अमेरिकी अदालतमा मदुरोले भने– म निर्दोष छु

पुस २२, २०८२
काठमाडौं
अमेरिकी अदालतमा मदुरोले भने– म निर्दोष छु

भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरू अस्वीकार गरेका छन् ।

म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू 'निर्दोष' रहेको बयान दिएको बीबीसीले जनाएको छ । 

मदुरोविरुद्ध 'नार्को-टेररिज्म' (लागूऔषध आतंकवाद) को षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको जस्ता अभियोगहरू समावेश छन् ।

जेलको नीलो बर्दीमा अदालत उपस्थित भएका ६३ वर्षीय मदुरोले न्यायाधीशसामु आफू एक 'सभ्य मानिस' र आफ्नो देशको निर्वाचित राष्ट्रपति भएको दाबी गरे ।

मदुरोले आफूलाई ‘युद्धबन्दी’ र ‘अपहरण गरिएको’ व्यक्ति भएको दाबी गरे । उनले आफू ‘राष्ट्रपति र युद्धबन्दी’ भएको प्रतिक्रिया दिएका थिए ।

अमेरिकी एलिट फोर्सले शनिबार हेलिकोप्टर र लडाकु विमानको सहयोगमा भेनेजुएलाको राजधानी काराकासमा सैन्य कारबाही गर्दै मादुरो दम्पतीलाई पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्