०३ साउन २०८३, आइतबार

हिमालयन बैंकको ३३ औं वार्षिक साधारणसभा सम्पन्न

पुस ३०, २०८२
काठमाडौं
हिमालयन बैंकको ३३ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन बैंक लिमिटेडको ३३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले बैंक तथा बैंकका सहायक कम्पनीहरूसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।

बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।​

बैंकको साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रणजीव एन्ड एसोसिएट्सलाई पुन: नियुक्त गरेको छ ।

यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतीले पारित भएको छ ।​​

salt training

कमेन्ट गर्नुहोस्