०६ साउन २०८३, बुधबार

निलम्बित अतिरिक्त स्वास्थ्य सचिव मिश्रासँग विशेषले माग्यो ५ लाख धरौटी

माघ ७, २०८२
काठमाडौं
निलम्बित अतिरिक्त स्वास्थ्य सचिव मिश्रासँग विशेषले माग्यो ५ लाख धरौटी

विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निलम्बित अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई ५ लाख रूपैयाँ धरौटी तारेखमा मुद्दा पुर्पक्ष गर्न आदेश गरेको छ ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश गरेको हो ।

मिश्राले स्वास्थ्य सेवा विभागमा तत्कालीन महानिर्देशक पदमा रहँदा अन्य प्रतिवादीसँगको मिलोमतोमा स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेषले मिश्रालाई ५ लाख धरौटी माग गरेको हो ।

म्यामोग्राफी मशिन खरिदका लागि आह्वान गरिएको ठेक्का सम्झौताको प्रतिकूल हुने गरी सम्पूर्ण सामान आपूर्ति नहुँदा समेत शतप्रतिशत भुक्तानी दिएर राज्यलाई हानी नोक्सानी गराएको भन्दै आयोगले मुद्दा दायर गरेको थियो । 

उनीविरुद्ध  १४ करोड ६ लाख ८५ हजार ५ सय रूपैयाँ बिगो कायम गरिएको छ ।

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्