०२ साउन २०८३, शनिबार

श्रीपञ्चमी

माघ ९, २०८२
काठमाडौं
श्रीपञ्चमी

बसन्त श्रवण, सरस्वती पूजा विद्यालयमा ।

बालबालिकाहरू रमाउने, पूजा आराधनामा ।

विद्याकी देवि, विद्या देऊ, हामी विद्यार्थीमा ।

भक्ती गर्छौं, मन लगाउँछौँ, हामी अध्ययनमा ।

अज्ञानी छौँ, अबुझ छौँ, ज्ञान देऊ हामीमा । ज्ञानको ज्योती, प्रदान गर, हामी सेवकमा ।

माता जननी, देवी तिमी, अन्धकार हटाइदेउ ।

शिक्षाको उज्यालो, छर्दै तिमी, चेतना भरिदेऊ ।

धूप दीप, नैवेद्य चढाउँछौँ, माता तिमीमा ।

सदबुद्धि विवेक, भरिदेऊ हामी, सकल जनमा ।

salt training

कमेन्ट गर्नुहोस्