२१ असार २०८३, आइतबार

विश्वकपको तयारीमा रहेको नेपाली टोलीले सजिलै हरायो श्रीलंका ‘ए’ लाई

माघ १०, २०८२
काठमाडौं
विश्वकपको तयारीमा रहेको नेपाली टोलीले सजिलै हरायो श्रीलंका ‘ए’ लाई

आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार श्रीलंका ‘ए’ लाई सात विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले १६.२ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ३४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

नेपाली टोलीको जितमा कुशल भुर्तेलले ३५ बलमा ४९ रनको योगदान गरे । आरिफ शेखले २२ बलमा अविजित २४ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले पनि केवल १५ बलमा अविजित २२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले १९ रन बनाए । आसिफ शेखले पनि टोलीको खातामा ११ रन थपे ।

त्यसअघि, श्रीलंका ‘ए’ का लागि करुणारत्नेले २३ बलमा ३८ रन बनाए । डिकवेलाले पनि २७ बलमा ३३ रनको योगदान गरे ।

नेपाली टोलीका बलर शेर मल्लले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै २० रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहित पौडेल र नन्दन यादवले एक/एक विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्