०१ साउन २०८३, शुक्रबार

लेखक निर्दोष जीवनको १० औं कृति ‘प्रेमको सुगन्ध’ आउँदै

माघ १३, २०८२
काठमाडौं
लेखक निर्दोष जीवनको १० औं कृति ‘प्रेमको सुगन्ध’ आउँदै

लेखक निर्दोष जीवनको नयाँ कृति ‘प्रेमको सुगन्ध’ आउने भएको छ  । यो उनको १० औं कृति हो ।

मुक्तक संग्रहका रूपमा आउन लागेको यस कृतिमा २०० वटा मुक्तक समेटिएको लेखक निर्दोष जीवनले बताए । कृतिलाई गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको हो ।

‘मुक्तकलाई सानो विधा भनेर खासै मान्यता नदिनेहरूबीच टड्कारो रूपमा प्रस्तुत हुन जाँदैछु’, लेखक निर्दोष जीवनले भने । 

साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने उनी तीनवटै विधामा सक्रिय छन् ।

गीत र मुक्तकबाट साहित्य लेखन शुरू गरेका उनको ‘आशीर्वाद’ (गीत, मुक्तक र हाइकू संग्रह) पहिलो कृति हो ।

‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी उनका ९ वटा कृति प्रकाशित भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्