०२ साउन २०८३, शनिबार

विराट र रोहितलाई बीसीसीआईको वार्षिक सम्झौताबाट घटुवा गरियो

माघ २७, २०८२
काठमाडौं
विराट र रोहितलाई बीसीसीआईको वार्षिक सम्झौताबाट घटुवा गरियो

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले २०२५-२६ सिजनको लागि पुरुष र वरिष्ठ महिला टोलीहरूको वार्षिक खेलाडी रिटेन्सन योजनाहरू घोषणा गरेको छ।

प्रसिद्ध ब्याट्सम्यान विराट कोहली र रोहित शर्मालाई सम्झौता सूचीमा ग्रेड बी मा राखिएको छ, जसको अर्थ उनीहरूलाई घटुवा गरिएको हो ।

शुभमन गिल, जसप्रीत बुमराह र रवीन्द्र जडेजालाई यस सिजनको लागि ग्रेड ए मा राखिएको छ।

जबकि वाशिंगटन सुन्दर, रोहित शर्मा, विराट कोहली, केएल राहुल, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, ऋषभ पन्त, कुलदीप यादव, यशस्वी जयस्वाल, सूर्य कुमार यादव र श्रेयस अय्यरलाई ग्रेड बी मा राखिएको हो ।

अक्षर पटेल, तिलक वर्मा, रिंकु सिंह, शिवम दुबे, संजु सामसन, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण अक्षदीप, ध्रुव जुरेल, हर्षित राणा, वरुण चक्रवर्ती, नितीश कुमार रेड्डी, अभिषेक शर्मा, साई सुदर्शन, रवि बिश्नोई र ऋतुराज गायकवाड ग्रेड सी मा छन् ।

salt training

कमेन्ट गर्नुहोस्