०८ साउन २०८३, शुक्रबार

टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

माघ २७, २०८२
काठमाडौं
टी-२० विश्वकपमा आज पनि तीन खेल हुँदै

आईसीसी टी-२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । समूह ‘ए’का दुई र समूह ‘डी’को एक गरेर मंगलबार तीन खेल हुन लागेका हुन् । पहिलो खेलमा बिहान सवार ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नामिबिया पहिलो खेल खेल्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजित भएको टिम हो । पहिलो खेलमा नेदरल्यान्डस पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा न्युजिल्यान्ड र यूएई भिड्दैछन् । यो खेल दिउँसो सवा ३ बजे शुरू हुनेछ। न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् । यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् । पहिलो खेलमा भारतसँग २९ रनले पराजित भएको अमेरिका पहिलो जितको खोजीमा छ भने पहिलो खेलमा नेदरल्यान्डसलाई तीन विकेटले हराएको पाकिस्तान अर्को जितको खोजीमा छ ।

salt training

कमेन्ट गर्नुहोस्