०३ साउन २०८३, आइतबार

काठमाडौं–५ मा रास्वपाका क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक राजीनामा

फागुन १५, २०८२
काठमाडौं
काठमाडौं–५ मा रास्वपाका क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं–५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामूहिक राजीनामा दिएका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिएपछि क्षेत्र नम्बर ५ मा पार्टीभित्र असन्तुष्टि बढेको बताइएको छ । त्यसैको निरन्तरतास्वरूप शुक्रबार क्षेत्रीय तहका पदाधिकारी र सदस्यहरूले सामूहिक रूपमा पद त्याग गरेका हुन् ।

राजीनामा पत्रमा उनीहरूले उम्मेदवार छनोट प्रक्रियाको आवरणमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । बेथिति सुधारको साटो उल्टै अनियमितता बढ्दै गएको दाबी गर्दै उनीहरूले लोकतन्त्र र सुशासनको नारासँग पार्टीको व्यवहार नमिलेको उल्लेख गरेका छन् । स्थानीय गतिविधिबाट निराश भएको भन्दै आजैबाट जिम्मेवारी त्यागेको राजीनामा पत्रमा जनाइएको छ ।

राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा–३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा–३ की जया श्रेष्ठ, बुनपा–४ का सदस्य समिप घले र कवि थापा मगर रहेका छन् ।

यसैगरी वडा पदाधिकारीहरू बुनपा–७ की प्रतिभ सेढाइँ, बुनपा–७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, साथै बुनपा–४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटीले पनि राजीनामा दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्