०७ साउन २०८३, बिहीबार
चुनावको मुखमा देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

अब केही दिनमा यो देशको बागडोर जनप्रतिनिधिहरूको हातमा पुग्नेछ- प्रधानमन्त्री कार्की [पूर्णपाठ]

फागुन २१ गते अरू काम छाडेरै भए पनि मतदान गर्न अपिल
फागुन १८, २०८२
काठमाडौं
अब केही दिनमा यो देशको बागडोर जनप्रतिनिधिहरूको हातमा पुग्नेछ- प्रधानमन्त्री कार्की [पूर्णपाठ]

प्रधानमन्त्री सुशीला कार्कीले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको बताएकी छन् । सोमबार बहान देशबासीका नाममा सम्बोधन गर्दै उनले फागुन २१ गतेका  सबैले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी हुन् ।

भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभई यो जनताले आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय बेलाएको उनको भनाइ छ । 'हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ। आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ,' सम्बोधनमा उनले भनेकी छन्, 'देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो। फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु ।'

कठिन संक्रमण पार गरेर आज चुनावको मुखमा आइपुग्दा विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका उनले बताएकी छन् । 'जेन-जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो,' उनले भनेकी छन्, 'त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो।

आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ। यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।'

निर्वाचनको सँघारमा शान्ति र अमनचयन कायम राख्न उनले अनुरोध गरेकी छन् ।मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको पनि उनले चिन्ता व्यक्त गरेकी छन् । विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको उनको भनाइ छ ।

इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई उनले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारी भएको उनले बताएकी छन् ।'मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ,' उनले भनेकी छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्